

मुक्ति समाजद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न


रामबहादुर गन्धर्व ।। मुक्ति समाज नेपाल जिल्ला कमिटी कपिलवस्तुकाे आयोजनामा एक दिवसीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम जिल्लाकाे शिवराज नगरपालिका -१ शिवपुरमा सम्पन्न भएको छ। ५०बढी सहभागी रहेको कार्यक्रम मुक्ति समाज नेपालका केन्द्रीय सदस्य टीकाराम सुनारले उद्वटान गरे । उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै बिजयनगर गाउँपालिकास्थित दुधधारी माबि.का प्राचार्य सुग्रिम प्रसाद काेरी , पार्टी सल्लाहकार ,वडा न.१का वडाध्यक्ष खिम बिक्रम केसि. बाबुराम सापकोटा लगाएतले सफलताको शुभकामना ब्यक्त गर्दै दलित समुदायलाई अगाडि बढाउन शिक्षाको महत्त्वपूर्ण भुमिका रहने हुँदा आफ्ना बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्न आग्रह गर्दै दलित अधिकारका लागि सबै एक जुट हुनुपर्नेमा जाेड दिए । शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले ) जिल्ला अध्यक्ष बाबुराम खनालले माक्र्सवाद -लेनिनकाद तथा जनताको बहुदलीय जनवादकाे सन्दर्भमा मुक्ति आन्दोलनकाे बैचारिक आधारका प्रष्ट पारेका थिए भने केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण बिश्वकर्माले मुक्ति आन्दोलनकाे ऐतिहासिक पृष्ठभूमि ,उपलब्धि र बर्तमान अवस्था बारे स्पष्ट पारे । त्यस्तै जिल्ला पार्टी सचिव सि .बि.गहतराजले पनि जनसंगठन परिचालन तथा सञ्चालन प्रक्रियाबारे प्रष्टाए। कार्यक्रमका बिशिस्ट अतिथि सुमित्रा परियारले संगठनकाे अगामी कार्ययोजना बारे धारणा ब्यक्त गरिन। जिल्ला अध्यक्ष रामप्रकट काेरीले जातीय छुवाछूत र सामाजिक विभेद अन्त्यका लागि आम सञ्चारकाे महत्त्वपूर्ण , उत्तरदायी भूमिका बारे बिषयगत रूपमा प्रस्तुत गर्दै सञ्चार माध्यमहरू जनचेतना अभिवृद्धि गर्न ,सामाजिक रूपान्तरण र उत्पिडित समुदायको आवज सशक्त रूपमा सार्वजनिक गराउने प्रमुख माध्यम भएको उल्लेख गर्दै जिम्मेवार र समावेशी पत्रकारिताकाे खाँचो औलाए। विभिन्न तहतप्काका अगुवा कार्यकर्ताहरूकाे उपस्थिति रहेको कार्यक्रम रामप्रकट काेरीकाे अध्यक्षता लिला परियारकाे स्वागत र किरण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया