



पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण


पाल्पाको तिनाउ गाउँपालिका-५ चर्चरेस्थित तिनाउ खोलामा प्रयोग गरिएको स्काभेटरलाई गाउँपालिकाले नियन्त्रणमा लिएको छ । चर्चरेस्थित सिद्धार्थ राजमार्गमा सडक मर्मत गरिहरको निर्माण कम्पनीले अनुमतिविना नदिजन्य पदार्थ उत्खनन् गरेपछि गाउँपालिकाले नियन्त्रणमा लिएको हो ।
सडक मर्मत गरिरहेको निर्माण कम्पनीले ग्याभिन जालि भर्ने नाममा असारमास खेलामा ढुङ्गा गिट्टी उत्खनन् गरेको जनगुनासोपछि गाउँपालिकाले आइतबार स्काभेटर नियन्त्रणमा लिएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । ‘पूर्व जानकारी नदिई अनुमतिविना खोलामा गएर उत्खनन् गरेको खबरपछि स्काभेटरलाई नियन्त्रणमा लिइएको छ ।’–गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मात्रै हामी अगाडि बढ्छौं ।’ सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख राम पुकार जयसवालका अनुसार निर्माणको काम गरिरहेको भगवती कन्ष्ट्रक्सन कम्पनीले खोलामा स्काभेटर चलाएको हो । यद्यपी उसले उत्खनन्का लागि कुनै आधिकारिक अनुमति लिएको छैन । यस विषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले खोलामा कुनै पनि उत्खनन्का लागि आफूले अनुमति नदिएको दाबी गरे । यद्यपी निर्माण कम्पनीले आफूले ल्याएको मेट्रियल खोलामा लगेर काम गर्ने भनेपछि यसरी खोलामा स्काभेटर पुगेको हुनसक्ने बताए । तर, स्थानीयहरुले भने खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरी निर्माण कम्पनीले अन्यतत्र समेत लैजाने गरेको आरोप लगाएका छन् ।
निर्माण कम्पनीले ग्याभिन जाली तथा अन्य मर्मतका लागि आफै मेट्रियल व्यवस्था गर्नुपर्ने सम्झौता भएपनि सो विपरित खोला उत्खनन् गर्नु गलत भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । खोलामा कुनै पनि उत्खनन्को कार्य नगर्नका लागि आफूले निर्देशन जारी गरिसकको उल्लेख गरे ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया