

सिङ्गापुरलाई हराउँदै नेपालकाे विजयी शुरुआत


एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो ।
सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १ सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका रिआन नैकले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४, सचिन भट्टले ३ विकेट लिए ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया