



चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।
शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

खबर सबै
-
विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
-
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग
-
कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’
-
निर्वाचन : मतदान अधिकृतले के–के गर्न सक्छन् ?
-
आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस











प्रतिक्रिया