

नेदरल्याण्ड्समाथि शानदार जितसहित नेपाल शीर्ष स्थानमा, आज स्कटल्याण्डसँग खेल्दै



काठमाडौँ । नेपाल स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई शृङ्खलामा नेदरल्याण्ड्समाथि शानदार जित हासिल गर्दै शीर्ष स्थानमा पुगेको छ ।
स्कटल्याण्डको ग्लासगोमा बिहीबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ५१ बलमा छ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यसैगरी नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै छ बलमा सात रनका साथ आउट भए ।
दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे । भीमले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २७ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेलले सात बलमा पाँच रन जोड्दै आउट भए । आरिफ शेखले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम चार बलमा १२ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका रोलफ भान डर, मर्वे बेन फ्लेचर, आर्यन दत्त र जाच लायन काचेटले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको योगफल बनाए । उनले ५३ बलमा छ चौका र पाँच छक्काको सहयोगमा ८६ रन बनाएका हुन् ।
त्यस्तै रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ रन बनाए भने आर्यान दत्तले १८ बलमा १७ रन बनाउँदै नटआउट रहे । सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे । त्यसबाहेक नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
अब नेपालले आज शृङ्खलाको अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्ड ३ खेलबाट २ अंकसहित पुछारमा छ । यो खेलमा स्कटल्याण्ड विजयी भयो भने समीकरण बदलिन सक्छ ।
शीर्ष स्थानमै रहनका लागि नेपाललाई जित जरुरी छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया