



नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं खेल खेल्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज सयौं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेल नेपालको सयौं टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।
नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको शुरुआत गरेको थियो । त्यो खेल नेपालले जितेको थियो । त्यसयता खेलेका ९९ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ५५ खेलमा विजयी भएको ५ भने ३९ खेलमा पराजित भएको छ । यस्तै २ खेल बराबरीमा सकिँदा ३ खेल नतिजाविहीन भएको छ ।
नेपालका लागि सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । तीनै जनाले समान ७८ खेल खेलेका छन् । सोमपाल नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा टोलीका सदस्य थिए तर उनले चोटका कारण त्रिदेशीय शृङ्खला गुमाउने भएका छन् ।
अहिलेसम्म ४९ जना खेलाडीले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । पछिल्लो पटक नन्दन यादवले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
त्रिदेशीय शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल बेलुकी पौने ८ बजे शुरू हुनेछ । शृङ्खलाको पहिलो खेलमा हिजो घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया