

आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा


लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कृष्णप्रसाद नेपालका अनुसार असार १ गते आइतबार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम (पूर्वी भाग) र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
भूम्या पूजाका अवसरमा विशेषगरी चार जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।



खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया