

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीका लागि कपिलवस्तुका राहुलकाे नयाँ रेकर्डसहित स्वर्ण पदक





कपिलवस्तु । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आजको दिन लुम्बिनी प्रदेशका लागि गौरवपूर्ण रह्यो। कपिलवस्तुकाे शिवराज नगरपालिकाका राहुल थारुले पुरुष ज्याभलिन थ्रो इभेन्टमा ५७.४० मिटर लामो थ्रो गर्दै प्रतियोगिताको नयाँ रेकर्ड कायम गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्।
यसअघि धिरेन्द्र जङ्ग शाहले कायम गरेको ५५.५० मिटरको रेकर्ड तोड्दै राहुलले नयाँ इतिहास रचेका हुन्। यससँगै उनले आफैंले बनाएको प्रदेशस्तरीय ५२.६० मिटरको कीर्तिमान समेत सुधार गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजना गरिएको यस राष्ट्रिय स्तरको प्रतियोगितामा राहुलको प्रदर्शनले लुम्बिनी प्रदेशको खेलकुदको गौरव अझै उचो बनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया