

विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो


आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
स्कटल्यान्डको डुन्डीमा हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्याे ।
नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । हिजोको खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यसअघि अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।
नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ ।
नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ । आठ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो ।
लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया