

आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु, कैयौँ घाइते



रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएलको उपाधि पहिलो पटक जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । आरसीबीले अहमदाबादमा भएको आईपीएलको फाइनल खेलमा पञ्जाबलाई हराएर १८ वर्षपछि पहिलो पटक उपाधि जितेको थियो। उक्त जितको खुशीयाली घरेलु मैदान चिन्नास्वामी स्टेडियममा मनाउन कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रममा ५० हजार भन्दा धेरै समर्थकहरु उपस्थित भएको बेला भागदौड मचिएको हो।
अचानक भागदौड हुँदा च्यापिएर १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ। अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय प्रहरीले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।
आरसीबीका एक समर्थकले भने, ‘हामी सबै उत्साहित थियौं, तर यस्तो दुखद घटना हुन्छ भन्ने कसैले सोचेको थिएन। यो जीतको खुशी अब शोकमा परिणत भएको छ।’ विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया