

आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु, कैयौँ घाइते

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएलको उपाधि पहिलो पटक जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । आरसीबीले अहमदाबादमा भएको आईपीएलको फाइनल खेलमा पञ्जाबलाई हराएर १८ वर्षपछि पहिलो पटक उपाधि जितेको थियो। उक्त जितको खुशीयाली घरेलु मैदान चिन्नास्वामी स्टेडियममा मनाउन कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रममा ५० हजार भन्दा धेरै समर्थकहरु उपस्थित भएको बेला भागदौड मचिएको हो।
अचानक भागदौड हुँदा च्यापिएर १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ। अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय प्रहरीले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।
आरसीबीका एक समर्थकले भने, ‘हामी सबै उत्साहित थियौं, तर यस्तो दुखद घटना हुन्छ भन्ने कसैले सोचेको थिएन। यो जीतको खुशी अब शोकमा परिणत भएको छ।’ विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया