

कपिलवस्तु मेयर कप नगर स्तरीय क्रिकेट उपाधी कपिलवस्तु नगरपालिका वडा २ ले जित्यो

इमरान खान कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले टस जितेर पहिलो बलिङ गर्दै १९.५ ओभरमा सबै बिकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो ।
वडा १२ वटा सबै भन्दा बढी रन आरएन मिश्राले ३६ बालमा ३४ रन त्यस्तै रमजान अलि धुनियाले १३ बालमा १९ रन बनाउन सफल भएको थियो वडा २ बाट सरफुद्दिन गद्दीले ४ ओभरमा १ मेडन ११ रन खर्च गरेर ४ विकेट लिएका थिए । कपिलवस्तु नगरपालिका वडा २ ले १०१ रनको पिछा गर्दै १२ ओभर ३ बलमा १०१ रन बनाउन सफल भएको थियो ।
कपिलवस्तु नगरपालिका वडा २ ले ७ बिकेटले म्याच जितेको थियो । कपिलवस्तु नगरपालिका वडा २ बाट सबैभन्दा बढी रन पउना गुप्ताले १८ बलमा ३६ रन , त्यस्तै शिवकुमार मौर्यले २३ बलमा ३३ रन बनाउन सफल भएको थिए । फाइनल मैच मा मैन अफ द मैच आकाश यादवले ४ ओभरमा १८ रन दिएर ३ विकेट पाएको थिए ।
भने वडा १२ का १० विकेट लिएर वेस्ट बलर जीवन मौर्य पाएका छन भने आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे मैन आफ द सिरीज वडा १२ का बिजय कुमार उपाध्याय ६ विकेट ६२ रन बनाए मैच आफ द सिरिज कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलले प्रदान गर्नुभएका थिए । कपिलवस्तु नगरपालिका वडा २ प्रथम आउनेलाई रु ६० ,००० ( साठ हजार ) र वडा १२ दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, सांसद सुरेन्द्र राज आचार्य र लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकार पान्डेयको सयुक्त रुपमा बितरण गरेका थिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया