



आज विश्व धूमपानरहित दिवस : क्यान्सरको जोखिमबाट जोगिन चुरोट तथा सुर्तीजन्य पदार्थ नखान सल्लाह

आज विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ ।
त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ ।
चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खालगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउने गरेको छ ।
धूमपानले क्यान्सरसहित अन्य रोगको जोखिम बढाउने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।
क्यान्सरमा ९० प्रतिशत भन्दा धेरै मुखको अनि ८५ प्रतिशत फोक्सो, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तन क्यान्सरको कारक धूमपान रहेको उहाँको भनाइ छ ।
क्यान्सरको जोखिमबाट जोगिन अम्मल अर्थात् लत छोड्न, चुरोट तथा सुर्तीजन्य पदार्थ नखान डाक्टरको सल्लाह छ ।
सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि बनेका ऐन, कानूनलाई कडाइसाथ कार्यान्वयन गर्नुपर्नेमा विज्ञको जोड छ ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया