



नेपालले आज अन्तिम अभ्यास खेल खेल्दै

विश्वकप लिग टुमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अन्तिम अभ्यास खेल खेल्दै छ । अभ्यास सिरिजको अन्तिम खेलमा स्कटल्याण्ड ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ ।
यसअघि बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको थियो । सिरिजमा स्कटल्याण्ड ‘ए’ ले १-० को अग्रता बनाएको छ । यसैबीच लिग टु काे चौथो राउण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । यस सिरिजका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्नेछ ।
लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँने छन् । नेपाल १२ खेलमा ६ अंकका साथ लिगको पुछारमा रहेको छ । चौथो राउण्डमा नेपालसँग खेल्ने स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स भने २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।
लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :
१) जेठ १९(जुन २) गते सोमबार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधबार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आईतबार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलबार नेदरल्याण्ड्सविरुद्ध
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया