

साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार निर्माण


सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउँदै साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साइबर जोखिम न्यूनीकरण गर्न त्रैमासिकरूपमा एड्भाइजरी जारी गर्ने बताए ।
उनले देशभर फोरजी सेवालाई सञ्चालन गर्ने र काठमाडौंसहित ठूला सहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए । त्यस्तै काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको जानकारी दिए । उनले विद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने र शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उल्लेख गरे ।
विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उनले बताए ।
अर्थमन्त्री पौडेलले स्वास्थ बिमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । ‘निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रम’को घोषणा गर्दै उनले हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयका लागि सरकारले ९५ अर्ब ८१ करोड बजेट बिनियोजन गरिएको उनले बताए ।
पौडेलले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताए ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया