

माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर



साझाकुरा । दिप ज्योति मोबाइल वर्ल्डको सेवा चार नम्बरबाट नयाँ शाखा ग्राण्ड ओपनिङ आइतवार भएको छ। उद्घाटन समारोहका अवसरमा स्थानीय व्यवसायी, ग्राहक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
संचालक बालकृष्ण बेल्वासेले जानकारी दिएअनुसार, ग्राण्ड ओपनिङको अवसरमा एक महिना सम्मका लागि विशेष छुट तथा आकर्षक उपहारहरू उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत मोबाइल खरिदमा विभिन्न किसिमका गिफ्ट आइटमहरू प्रदान गरिनेछ ।
दिप ज्योति मोबाइल वर्ल्डमा नयाँ प्रविधियुक्त ग्यारेन्टीका साथ मोबाइल मर्मत सेवा उपलब्ध गराइएको छ। साथै, नयाँ थप सेवा सुविधासहित ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी कारोबार विस्तार गरिएको संचालक बेल्वासेले बताए । यहाँबाट हरेक ब्राण्डका स्मार्टफोन तथा मोबाइल एसेसरिजहरूमा विशेष छुट दिइनेछ ।
होलसेल तथा खुद्रा दुबै प्रकारको बिक्री वितरण हुने भएकाले खुद्रा ग्राहक र व्यवसायिक डिलरहरू दुबैका लागि उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ । ग्राहकहरूलाई उत्कृष्ट सेवा, गुणस्तरीय सामग्री, र भरपर्दो मर्मत सेवा प्रदान गर्दै दिप ज्योति मोबाइल वर्ल्डले क्षेत्रीय डिजिटल कारोबारमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ ।
ग्राहकहरूको सुविधा र सन्तुष्टिका लागि नविनतम टेक्नोलोजी र सेवा सुविधासहित दिप ज्योति मोबाइल वर्ल्डले आफ्नो व्यवसायिक यात्रा अगाडि बढाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया