

बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी : पाँच जनाको मृत्यु


काठमाडौं । भारतको लखनऊस्थित मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी भएको छ ।
बिहीबार भएको यस दुर्घटनामा पाँच जनाको मृत्यु भको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए ।
‘आगलागीमा परेर बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । अन्य यात्रुलाई उनीहरूको गन्तव्यमा पठाइँदैछ,’ उनले भने ।
यद्यपि, आगलागी कसरी सुरु भयो भन्ने बारेमा आधिकारिक जानकारी आएको छैन ।
प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्, जसले गर्दा उनीहरूको जलेर मृत्यु भयो ।
समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देख्न सकिन्छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया