

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे



शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव २७ विन्दुमा झरेको छ ।
आज विकास बैंक र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर झन्डै २ प्रतिशत, होटल समूहको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशत तथा नेपाल माइक्रो इन्सुरेन्स र बाराही हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ८ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया