

महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल र हङकङ खेल्दै


खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यो खेल वर्षाका कारण ५ ओभरमा भएको थियो ।
नेपाल र हङकङको पहिलो खेल भने वर्षाले रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । समूहका दुई टोलीले एक आपसमा समान दुई÷दुई खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्नेछ ।
तीनै समूहको शीर्ष टोलीले सुपर–३ मा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया