

भारत र पाकिस्तान तनाव : आईपीएल एक हप्ताका लागि स्थगित


भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै एक हप्ताका लागि स्थगित गरिएको जनाएको हो।
पोस्टमा भनिएको छ,‘आईपीएल २०२५ तत्काल लागू हुने गरी एक हप्ताको लागि स्थगित गरिएको छ।’
बिहीबार जम्मू र पठानकोटमा रेड अलर्ट जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको आईपीएल खेल बीचैमा रद्द गरिएको थियो।
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने निर्णय गरेको थियो।
पीएसएलमा अझै आठ खेल खेल्न बाँकी छन्। रावलपिंडी, मुल्तान र लाहोरमा हुने भनिएका यी खेलहरू युएईमा हुनेछन्।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया