

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो खेल हङकङसँग



आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज नेपालको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुनेछ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र यूएई छन् । यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइनसँग छ । नेपालले पहिलो खेल मे ९ मा हङकङसँग मे १० मा बहराइनसँग र मे १३ मा हङकङसँग पुनः खेल्नेछ । मे १५ मा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिग चरण सकाउने छ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।
अहिले भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्यान्ड प्रस्थान गर्नेछ ।



खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया