
अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका ३ चिनियाँ अन्तरिक्षयात्री पृथ्वीमा फर्किए

चीनको अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका एक महिलासहित तीन जना चिनियाँ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्किएका छन् । तीन जना बोकेको शेन्जोउ–१९ अन्तरिक्षयान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चाई सुझे, सोङ लिङडोङ र वाङ हाओजे ६ महिने मिसनमा गएका थिए । उनीहरूले अक्टोबरदेखि अन्तरिक्ष स्टेशनमा काम गरेका थिए । त्यहाँ उनीहरूले सबैभन्दा लामो अन्तरिक्ष हिँडाइको नयाँ रेकर्ड कायम गरेका थिए ।
चिनियाँ अधिकारीहरूका अनुसार शेन्जोउ–१९ चालक दल हिजो फर्किने कार्यक्रम थियो तर अवतरण स्थलमा खराब मौसमका कारण मिसन स्थगित गरिएको थियो ।
चीन आफूलाई एक प्रमुख अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ । चीनले पछिल्ला वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बाैं डलर खर्च गरेको छ र सन् २०३० सम्ममा चन्द्रमामा चालक दल मिसन उडान गर्ने र अन्ततः चन्द्रमाको सतहमा आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।
चीनले गएको हप्तामात्रै मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया