

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन


कपिलवस्तुको कृष्णनगरस्थित इलाका प्रहरी कार्यालय परिसरमा भव्य धार्मिक वातावरणमा माता दुर्गा भवानी मन्दिरको उद्घाटन गरिएको छ। स्थानीय जनसहभागिता र प्रहरीको पहलमा सम्पन्न भएको यो धार्मिक आयोजनाले प्रशासन र समाजको सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेको छ।
नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टको प्रमुख आतिथ्यमा मन्दिरको समुद्घाटन गरिएको हो। प्रहरी निरीक्षक सुरज खत्रीको अगुवाइमा वडा नम्बर २ र कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण सम्पन्न गरिएको हो।
उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार कलश यात्रा परिक्रमा गरियो भने बुधबार विधिवत् पूजापाठपछि मन्दिरमा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको हो। धार्मिक अनुष्ठान पुरोहित शास्त्री रेशमलाल गैरेले सम्पन्न गराएका थिए।
मन्दिर निर्माणका लागि वडा नं २ बाट सात लाख पचास हजार रुपैयाँको बजेट सार्वजनिक टेन्डर प्रक्रियाबाट विनियोजन गरिएको वडा अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए।
उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्द, वडाध्यक्ष प्रह्लाद यादव, समाजसेवी तुंगनाथ चौधरीलगायत जनप्रतिनिधि, सुरक्षाकर्मी र ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो।
सुरक्षा निकाय र स्थानीय समाजबीचको सहयोगमा निर्मित यो मन्दिरले धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुगाउने विश्वास व्यक्त गरिएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया