

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि



ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा शनिबार साँझ भएको फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । ललितपुरले गत संस्करणमा पनि धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।
ललितपुरको जितमा इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । खेलको ४२औँ मिनेटमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो ।
मनोज राईले दिएको क्रसलाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ६४ औँ मिनेटमा पोखराका सुदिलले दोस्रो गोल फर्काएका थिए । भने ललितपुरका लागि खेलका ७४ औं मिनेटमा पापाले गोल गर्दै उपाधि दिलाए ।
जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया