

गुडिरहेको बसमा एक्कासी आगोलागी भएपछि…



दाङ | गुडिरहेको बसमा आगो लागेको छ। बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३(०१(००६ ख ०९८३ नम्बरको बसमा शुक्रबार बेलुका आगलागी भएको हो।
नेपालगञ्ज अगैया हुलाकी सडक खण्ड अन्तर्गत राप्तीसोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा अचानक आगलागी भएको थियो।
बसमा वाइरिङका तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी बाट बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका – ८ का ३५ वर्षीय हिमबहादुर शाहीले बस चलाएर नेपालगञ्जबाट बुटवलतर्फ लैजाँदै थिए । बसमा चालक र सहचालक मात्रै सवार रहेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ९ख० बाँकेबाट प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धाना भइ रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया