

आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई चार विकेटले हरायो



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको हो । मुम्बईको यो लगातार दोस्रो जीत हो । हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाउँदै १६६ रन बनायो ।
मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायान रिकेल्टनले ३१ जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले तीन विकेट लिए ।
त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । हेनरिक क्लासनले ३७ रन जोडे । मुम्बईका विल ज्याक्सले दुई विकेट लिए ।
जीतसँगै सातौं स्थानमा कायम रहेको मुम्बईले सात खेलबाट ६ अङ्क पुर्याएको छ । हैदराबादले भने पाँचौं हार बेहोरेको छ । हैदराबाद समान खेलबाट चार अङ्कसहित नवौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स खेल्ने छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया