
चन्द्रौटा स्थित इलाका प्रशासनबाट राहदानी सेवा सुरु

चन्द्रौटा स्थित इलाका प्रशासनबाट राहदानी सेवा सुरु
कपिलवस्तु – इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट औपचारिक रूपमा राहदानी सेवा सुरु गरिएको छ । बुधबारदेखि सेवा सञ्चालनमा आएसँगै शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले संयुक्त रूपमा सेवाको उद्घाटन गर्नुभयो ।
२०५४ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघि राहदानी सेवा नहुँदा स्थानीयहरूलाई जिल्ला प्रशासन कार्यालय, तौलिहवा पुग्नुपर्ने बाध्यता थियो। अब भने शिवराज, बिजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दाले सहज रूपमा नजिकैबाट राहदानी सेवा लिन पाउने भएका छन् ।
नगर प्रमुख अजय थापाले राहदानी सेवा ल्याउन पटक–पटक पहल गरिएको बताउनुभयो। उहाँले समय र खर्चको बचत हुने भन्दै नागरिकले सजिलो सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले हालसम्म नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा मात्र दिइँदै आएकोमा राहदानीको अभाव महसुस गरी नयाँ सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
मासिक २५ सयजना सेवाग्राहीलाई लक्षित गरी सेवा सुरु गरिएको बताउँदै उहाँले नागरिकताको सिफारिस पनि अब सबै वडा कार्यालयबाट अनलाइनमार्फत हुने जनाउनुभयो।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आठ महिना अघिदेखि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिएको सम्झँदै उहाँले राहदानी सेवाप्रति पनि नागरिकलाई सहजता दिने प्रयास गरिने बताउनुभयो ।
सेवा सुरु भएपछि पहिलोपटक राहदानी सेवा लिएका स्थानिय विजय सापकोटाले खुशी व्यक्त गर्नुभयो । उहाँले पहिले तौलिहवा पुग्नुपर्दा समय र खर्च दुवै बढ्ने गरेको तर अब सजिलो भएको प्रतिक्रिया दिनुभयो। नयाँ राहदानी सेवा सुरु भएसँगै स्थानिय बासिन्दामा उत्साह छाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया