
चन्द्रौटा स्थित इलाका प्रशासनबाट राहदानी सेवा सुरु




चन्द्रौटा स्थित इलाका प्रशासनबाट राहदानी सेवा सुरु
कपिलवस्तु – इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट औपचारिक रूपमा राहदानी सेवा सुरु गरिएको छ । बुधबारदेखि सेवा सञ्चालनमा आएसँगै शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले संयुक्त रूपमा सेवाको उद्घाटन गर्नुभयो ।
२०५४ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघि राहदानी सेवा नहुँदा स्थानीयहरूलाई जिल्ला प्रशासन कार्यालय, तौलिहवा पुग्नुपर्ने बाध्यता थियो। अब भने शिवराज, बिजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दाले सहज रूपमा नजिकैबाट राहदानी सेवा लिन पाउने भएका छन् ।
नगर प्रमुख अजय थापाले राहदानी सेवा ल्याउन पटक–पटक पहल गरिएको बताउनुभयो। उहाँले समय र खर्चको बचत हुने भन्दै नागरिकले सजिलो सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले हालसम्म नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा मात्र दिइँदै आएकोमा राहदानीको अभाव महसुस गरी नयाँ सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
मासिक २५ सयजना सेवाग्राहीलाई लक्षित गरी सेवा सुरु गरिएको बताउँदै उहाँले नागरिकताको सिफारिस पनि अब सबै वडा कार्यालयबाट अनलाइनमार्फत हुने जनाउनुभयो।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आठ महिना अघिदेखि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिएको सम्झँदै उहाँले राहदानी सेवाप्रति पनि नागरिकलाई सहजता दिने प्रयास गरिने बताउनुभयो ।
सेवा सुरु भएपछि पहिलोपटक राहदानी सेवा लिएका स्थानिय विजय सापकोटाले खुशी व्यक्त गर्नुभयो । उहाँले पहिले तौलिहवा पुग्नुपर्दा समय र खर्च दुवै बढ्ने गरेको तर अब सजिलो भएको प्रतिक्रिया दिनुभयो। नयाँ राहदानी सेवा सुरु भएसँगै स्थानिय बासिन्दामा उत्साह छाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया