

खस्कीयो नेपालको वरीयता, दीपेन्द्र पनि तेस्रोमा झरे


काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी-२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।
नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।
त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी-२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।
दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।
दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।
दीपेन्द्रले हङकङमा भएका खेलमा कतारसँग ब्याटिङ गर्नुपरेन भने बलिङमा ४ ओभरमा २६ रन दिंदा कुनै विकेट लिएनन् ।
कुवेतसँग १२ बलमा ३१ रन बनाउँदा हङकङसँग वर्षाले प्रभावित खेलमा ब्याटिङ बलिङ दुवै गरेनन् । कुवेतसँगको फाइनलमा भने उनी डकआउट भएका थिए । बलिङमा पनि एक ओभर गर्दा विकेट लिएनन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया