

एकै दिन कपिलवस्तुमा दुई स्थानमा भिषण आगलागी ! लाखौंको क्षति


कपिलवस्तुमा दुई ठाँउमा आगो लागि ।
करिव १५ लाख साठ्ठी हजार बराबरको क्षति ।
साझाकुरा, कपिलवस्तु ।
कपिलवस्तुमा शुक्रबार एकैदिन दुई स्थानमा भिषण आगलागी भएको छ । जसका कारण लाखौं धनमाल र अन्नपातकाे क्षति भएको छ ।
जिल्लाको शुद्धोधन गाउपालिका वडा नं. ४ महादेव बस्ने तिलकराम यादव र जंगराम कहारको गँहु भएको खेतबाट लागेको आगोले स्थानिय बाईस घर धुरीको अन्दाजी चार बिघा जग्गामा लगाइएको तिन लाख साठ्ठी हजार बराबरको गँहुनष्ट भएको छ । उक्त आगाे प्रहरी टोली स्थानिय र दमकलको सहायताले आगो पूर्ण रुपमा नियन्त्रणमा आईसकेको जनाइएको छ ।
यस्तै उता कपिलवस्तु विजयनगर गाउपालिका वडा नं.१ चापागाउ स्थित स्थानिय गौतम बुद्ध साझेदारी बनमा लागेको आगो एककासी हावाहुरीको कारण स्थानिय कमला कोरी, रामजानकी कोरी, राम प्रसाद कोरी र चिन्नु मुराउको फुसले छाएको ४ वटा कच्चि घरमा सल्कदा घरहरु पुर्ण रुपमा जलि नष्ट भएको छ । यहाँ अन्दाजी छ लाख बराबरको क्षेति भएको प्रहरीकाे उल्लेख छ ।

साेही ठाउमा, ऐ.ऐ. बस्ने धनिराम कोरी, विजय कोरी, फोटु वढई, घिराउ कोरीको फुसले छाएको ४ वटा गोठ पूर्ण रुपमा जलि नष्ट भएको, अं. मुल्य रु.३,००,०००।-( तिन लाख ) बराबरको क्षेति भएको, ऐ.ऐ. बस्ने फोटु बढईको गोठमा बाँधेको १ बाख्रा जलि मृत्यु भएको, अं. मुल्य रु.६,०००( छ हजार) बराबरको क्षेती भएको, ऐ. ऐ. बस्ने राजेन्द्र कोरी र घिराउ कोरीको अं.डेड विगाहमा लगाएको मुल्य रु.३,००,०००।- (तिन लाख) बराबरको गँहु बाली जलि नष्ट भएको, जम्मा अं. मुल्य रु १२,०६,०००।-( बाह्र लाख छ हजार ) बराबरको क्षेति भएको । हाल उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा आईसकेको कपिलवस्तु प्रहरी कार्यालयले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया