

खानेतेलको भाउ प्रतिलिटर ४० रुपैयाँसम्म बढ्यो



चार महिनाको अन्तरमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुनेक्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो।
नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ। गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपैयाँ बढेर प्रतिलिटरको ४१० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ । संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपैयाँमा पाइनेमा १५ बढेर प्रतिलिटर ३२५ रुपैयाँमा कारोबार भएको छ।
उद्योगीले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन्। संघका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समयमा नेपालबाट खानेतेलको भारत निर्यात बढेसँगै नेपालमा तेलको मूल्य बढेको बताए। उद्योगीले भारत खानेतेल निर्यात भन्सार छुट र अग्रिम भुक्तानी हुने भएकाले निर्यात बढाएकाले यसको असर नेपाली उपभोक्तालाई परेको उनको भनाइ छ। भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले खानेतेलको मूल्यवृद्धिका बारेमा विभाग जानकार भएको र अहिले बजारको अवस्था अध्ययन गर्ने काम भइरहेको बताए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया