

प्लाई उद्योगमा लागेको आगोले ३८ करोड क्षति


दाङ | दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित प्लाई उद्योगमा लागेको आगलागीबाट ३८ करोड रुपैयाँको क्षति भएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार खैरास्थित ‘सांग्रिला प्लाई तथा भेनियर उद्योग’ मा झन्डै दुई दिनसम्म भएको आगलागीबाट ३८ करोड जति क्षति भएको पाइएको बताए।
उद्योगमा लागेको आगो निभाउन दाङका साथै बर्दिया, बाँके, कपिलवस्तु र रूपन्देही समेत गरी आठ वटा दमकलहरू प्रयोग गरिएका थिए।
‘हामीले मोटामोटी क्षतिको विवरण संकलन गरेका छौं,’ शाहले भने, ‘कुन शीर्षकमा कति खर्च भन्नेबारे रिपोर्ट तयार पारेपछि क्षतिको विवरण सार्वजनिक गर्नेछौं।’
आगलागीबाट प्लाई, केमिकल, मेसिन लगायत ठूलो परिमाणमा काठहरू पनि जलेर नष्ट भएको थियो।
आफ्नै जग्गा र केही व्यक्तिको जग्गासमेत भाडामा लिएर सात बिघा बढी क्षेत्रफलमा सञ्चालित प्लाई उद्योग पश्चिम नेपालकै ठूलो उद्योग थियो। विगत १९ वर्षदेखि दाजुभाइले उक्त उद्योग सञ्चालन गर्दै आएका थिए। उद्योगमा झन्डै पाँच सय जतिले रोजगारी पाएका थिए।
यो उद्योगको उत्पादन सबभन्दा बढी भारतमा निर्यात हुँदै आएको थियो।
नेपालका विभिन्न जिल्लाहरूमा पनि यही उत्पादित प्लाई जाने गरेको सञ्चालक गेहेन्द्र बस्नेतले बताएका थिए। आगलागीपछि बस्नेतले उद्योगको पूरै सम्पत्तिभन्दा धेरै कम लगभग ३२ करोड जतिको मात्रै बीमा गरिएको बताएका थिए।
चैत ११ गते मध्य रातितिर उद्योगमा आगलागी भएको थियो। विद्युत सर्ट भई आगलागी भएको आशंका हुँदै आएको छ।
आइतबार उद्योगका कर्मचारीका लागि बिदाको दिन थियो। उद्योगमा कार्यरत मजदुर तथा कर्मचारी उद्योगभन्दा केही पर छुट्टै ठाउँमा बस्ने प्रबन्ध उद्योगले मिलाउँदै आएको थियो।
आगलागी हुँदा उद्योगमा कोही मानिस थिएनन्। त्यसको बाहिरबाट ताला लगाइएको थियो।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया