

अर्घाखाँची : आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट




अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७, पानडाँडामा भएको आगलागीमा परी सोमबार एक घर र तीन गोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ, रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्ण रूपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया