

अर्घाखाँची : आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट



अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७, पानडाँडामा भएको आगलागीमा परी सोमबार एक घर र तीन गोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ, रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्ण रूपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया