

आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जीत, कोलकाता आठ विकेटले पराजित



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । हिजोको खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो ।
कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ ओभर ५ बलमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अवजित ६२ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए ।
मुम्बईका अश्विन कुमारले चार विकेट लिए । मुम्बई यसअघि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हारेको थियो । कोलकाताको भने यो दोस्रो हार हो । कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदा राजस्थान रोयल्सलाई हराएको थियो ।
जीतसँगै मुम्बई २ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । २ अङ्क नै रहेको कोलकाता नेट रनरेटका आधारमा पुछारम झरेको छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्स खेल्दैछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया