

कपडामा आगो सल्किएर एक महिला घाइते

तुलसीपुरमा एक महिला भान्सामा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर जलेर भइ घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ गोठीखोलाकी ६० वर्षीया गोमा वली खाना पकाउने क्रममा कपडामा आगो सल्किएपछि जेलेर घाइते भएकी हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले शनिबार बिहान पौने ९ बजेतिर खाना पकाउँदै गरेकी वलीले लगाएको कपडामा आगो सल्किएको थियो।
वलीले शरिरमा लगाएको कपडमा आगो सल्किएपछि पेट, ढाड, खुट्टा लगायतका भागमा गम्भीर जलन भएको छ।
झन्डै ३० प्रतिशत भाग जलेकी वलीको उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया