

आइपिएल : चेन्नई र रोयल च्यालेन्जर्सबीच खेल हुदै



जारी आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।
यस सिजनमा चेन्नई र रोयल च्यालेन्जर्सले आ-आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने रोयल च्यालेन्जर्सले कोलकोतालाई पराजित गरेको थियो ।
यस मैदानमा रोयल च्यालेन्जर्सले चेन्नईलाई एक पटकमात्र २००८ मा पराजित गरेको थियो भने त्यसयता पराजित गर्न सकेको छैन ।
चेन्नईसँग अनुभवी र युवा खेलाडीको राम्रो संयोजन रहेको छ । चेन्नईमा महेन्द्र सिंह धोनी, रवीन्द्र जडेजा र आर आश्विन जस्ता अनुभवी खेलाडी छन् भने कप्तान रुतुराज गायकवाड, रचिन रविन्द्र अफगानिस्तानका बायाँ हाते स्पिनर नूर अहमद जस्ता खेलाडीले चेन्नईलाई यस सिजनमा पनि बलियो टिमको रुपमा प्रस्तुत गरेको छ ।
त्यस्तै रोयल च्यालेन्जर्स पनि यस सिजनमा सशक्त टिम देखिएको छ । रोयल च्यालेन्जर्समा रजत पाटिदारको कप्तानी र विराट कोहलीको अनुभव पहिलो खेलमा कोलकताविरुद्ध पनि देखिएको थियो ।
त्यस्तै रोयल च्यालेन्जर्समा फिल साल्ट, लियाम लिभिङस्टोन र जितेश शर्मा आक्रामक ब्याट्सम्यान तथा अलराउन्डर क्रुणाल पाण्ड्याको भूमिका महत्वपूर्ण रहेको छ ।
दुवै टोलीको सम्भावित प्लेइङ ११:
चेन्नई सुपर किंग्स: ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, राहुल त्रिपाठी, शिवम दुबे, रविन्द्र जडेजा, साम करन, महेन्द्र सिंह धोनी (विकेटकिपर), रविचन्द्रन आश्विन, नूर अहमद, नाथन एलिस/मथिशा पाथिराना र खलील अहमद ।
रोयल च्यालेन्जर्स बैंगलुरु: रजत पाटीदार (कप्तान), विराट कोहली, फिल साल्ट (विकेटकिपर), लियाम लिभिङस्टोन, जितेश शर्मा, टिम डेभिड, क्रुणाल पाण्ड्या, रसिक दार सलाम/भुवनेश्वर कुमार, सुयश शर्मा, जोश हेजलवुड र यश दयाल ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया