

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक चारैजनाकाे पहिचान, घाइतेहरुकाे पनि परिचय खुल्याे



साझाकुरा । अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा परी मृत्यु हुने चारै जनाको पहिचान खुलेको छ।
नवलपरासीको बर्दघाटबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको लु २ ख ३०३ नम्बरको बस मन्दिरबाट फर्किने क्रममा शितगंगा नगरपालिका– २ भुवनपाटाको गोरूसिंगे–सन्धिखर्क सडक खण्डमा दुर्घटनामा परेको थियो।
बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परी बसका चालक सहित चार जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए।
उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासीका भुमहीकी अन्दाजी ५० वर्षीया उमा न्यौपाने, नाम नखुलेकी उनकी सासू अन्दाजी ६५ वर्षीय महिला र बर्दघाटका अन्दाजी ५० वर्षीय मदन कुमार विक छन्।
मदन बसका चालक हुन् भने अन्य तीन जना मन्दिर दर्शनका लागि गएका यात्रु हुन्।
दुर्घटनापछि बसले च्यापिएर गम्भीर अवस्थामा उद्धार गरिएका चारै जनालाई ठाडा स्वास्थ्य चौकीमा लगिएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।
खत्रीका अनुसार गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी २६ जना घाइते छन्। घाइते १८ जनाको पहिचान खुलेको छ भने अन्यको विवरण आउन बाँकी छ। घाइतेहरूलाई थप उपचारका लागि बुटवल लगिँदै गरेको प्रहरीले जनाएको छ।
पहिचान खुलेका घाइतेहरूः
बर्दघाट १२ का ३६ वर्षीय सन्तोष कँडेल
बर्दघाट १२ का ४ वर्षीय अमर कँडेल
बर्दघाट १२ का १९ वर्षीय अरूण भट्टराई
बर्दघाट १२ का ३१ वर्षीय आशिष अधिकारी
बर्दघाट १२ का २७ वर्षीय लक्ष्मी अधिकारी
बर्दघाट १२ का ४ वर्षीय आन्दा अधिकारी
बर्दघाट १२ का १४ वर्षीय आयान्स अधिकारी
बर्दघाट १२ का ४० वर्षीय चन्द्रकला भट्टराई
रूपन्देहीको देवदहका १७ वर्षीय सक्षम चापागाईं
बर्दघाट १५ का ४५ वर्षीय मित्रबन्धु अधिकारी
बर्दघाट १४ का ५५ वर्षीय कलम सापकोटा
बर्दघाट १४ का ४८ वर्षीय लक्ष्मण पंगेनी
बर्दघाट १४ की ४० वर्षीया मनकुमारी घिमिरे
बर्दघाट १४ का २९ वर्षीय दीपक अधिकारी
बर्दघाट १४ का ३६ वर्षीया झविकला पाण्डे
बुटवलका ५० वर्षीय दण्डपाणी बस्याल
बुटवलका २५ वर्षीय गणेश बस्याल
बुटवल १३ का ३२ वर्षीय रामु अधिकारी


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया