

आईपीएल क्रिकेट : कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।
कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।
हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्याे । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए ।
राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए ।
कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो हार बेहोरेको राजस्थान अङ्क विहीन रहँदै पुछारमा छ । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।
आईपीएलमा आज सनराजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया