

साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनशिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या ४२ मा झारेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ । तीन दिनको छनोटपश्चात् खेलाडीको सङ्ख्या ५८ बाट ४२ मा झारिएको हो ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ ।
नेपालले श्रीलङ्कासँग ‘मे’ ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलङ्का छ । अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया