

पिएम कप क्रिकेट : फाइनलमा पु्याे पुलिस



काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ। यो पुलिसको प्रतियोगितामा आठौं जित हो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४७ रन बनाएको थियो। पुलिसले दिएको १४८ को लक्ष्य पछ्याएको कर्णाली प्रदेश २४ ओभरमा अलआउट हुँदै १०३ रन बनायो।
पुलिसका बाँया हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याकले कर्णालीका २ ब्याटरले भन्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उनले ९ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ६ विकेट लिए। कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्जुन घर्तीले ३० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका बलर सागर ढकालले २ र करण केसीले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। पुलिसका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३६ रन बनाए। उनले ६० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।
दिलिप नाथले ३४ रन बनाउँदा श्रवण यादवले ११ रन बनाए। सागर ढकाल २२ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि बलिङतर्फ अनुज चनराले सर्वाधिक ४ विकेट लिए। कप्तान दिवान पुनले ३ विकेट लिँदा दिने अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान १–१ विकेट लिए। यससँगै कर्णालीले यो प्रतियोगिता सकेको छ। कर्णालीले लिगको ९ खेलमा ४ जित र ५ हारसहित प्रतियोगिता सकेको हो। पुलिसले भने आफ्नो अन्तिम खेल त्रिभुवन आर्मीसँग खेल्नेछ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया