

शेयर बजारमा फेरि गयो पहिरो



काठमाडौं– मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो ।
आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ ।
सबै कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ४ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । आज २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने कुनैपनि कम्पनिको शेयर मूल्य स्थिर भने छैन ।
यस्तै ३२५ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार २१ पटक शेयर किनबेच भएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा पहिरो गएको छ । फाइनान्स समूह ३.४१ प्रतिशतले घटेर २४८०.४५ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.५१ प्रतिशतले घटेर १८.९० विन्दुमा आएको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह १.४० प्रतिशतले, विकास बैंक समूह ३.२६ प्रतिशतले, होटल तथा पर्यटन २.८२ प्रतिशतले, हाइड्रोपावर ३.०८ प्रतिशतले, लगानी १.९८ प्रतिशतले, जीवन बीमा २.२४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४९ प्रतिशतले, लघुवित्त २।३० प्रतिशतले, निर्जीवन बीमा २.३८ प्रतिशतले, अन्य सूमह १.६४ प्रतिशतले र ट्रेडिङ समूह १.६० प्रतिशतले घटेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया