

शेयर बजारमा फेरि गयो पहिरो



काठमाडौं– मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो ।
आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ ।
सबै कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ४ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । आज २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने कुनैपनि कम्पनिको शेयर मूल्य स्थिर भने छैन ।
यस्तै ३२५ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार २१ पटक शेयर किनबेच भएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा पहिरो गएको छ । फाइनान्स समूह ३.४१ प्रतिशतले घटेर २४८०.४५ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.५१ प्रतिशतले घटेर १८.९० विन्दुमा आएको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह १.४० प्रतिशतले, विकास बैंक समूह ३.२६ प्रतिशतले, होटल तथा पर्यटन २.८२ प्रतिशतले, हाइड्रोपावर ३.०८ प्रतिशतले, लगानी १.९८ प्रतिशतले, जीवन बीमा २.२४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४९ प्रतिशतले, लघुवित्त २।३० प्रतिशतले, निर्जीवन बीमा २.३८ प्रतिशतले, अन्य सूमह १.६४ प्रतिशतले र ट्रेडिङ समूह १.६० प्रतिशतले घटेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया