

लखनउलाई हराउँदै आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी शुरुआत



इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । हिजोको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो ।
लखनउले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको हो । दिल्लीका आशुतोषले अविजित ६६ रन बनाए । बलिङमा लखनउका सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले समान दुई विकेट लिए ।
त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै दुई सय नाै रन बनाएको थियो । लखनउका निकाेलस पुनरले सबैभन्दा धेरै ७५ रन बनाए । दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । दिल्लीले विजयी शुरुवातका साथ दुई अङ्क जोडेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया