



आईपीएल आज हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै


इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ।
आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हैदरावादमा हुनेछ। यो खेल नेपाली समयअनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ।
गत सिजनमा उपविजेता भएको सनराइजर्सले पछिल्लो पटक २०१६ मा उपाधि जितेको थियो। त्यस्तै राजस्थान रोयल्सले पहिलो सिजन २००८ जितेपछि अहिलेसम्म उपाधि जित्न सकेको छैन।
हालसम्म दुवैबीच आईपीएलमा २० खेल भएका छन्। जसमा सनराइजर्सले ११ खेल जितेको छ भने राजस्थानले ९ खेल जितेको छ।
त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच चेन्नईमा हुँदैछ। नेपाली समयअनुसार याे खेल बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ।
गत सिजनमा चेन्नई पाँचौं स्थानमा रहेको थियो भने मुम्बई पुछारमा रहेको थियो।
यसअघि ५-५ पटक उपाधि जितेका चेन्नई र मुम्बईबीचको खेल विशेष हुने गर्दछ। दुवैबीच अहिलेसम्म ३७ खेल खेलेका छन्। जसमा मुम्बईले २० र चेन्नईले १७ खेल जितेको छ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया