

रुपन्देहीको मंगलापुरमा ट्रकसँग स्कुटर ठोक्किदा बाणगंगाका एक युवकको मृत्यु



कपिलवस्तु | रुपन्देहीको मंगलापुरमा सवारी दुर्घटनामा परि कपिलवस्तुको बाणगंगाका एक युवकको ज्यान गएको छ । रुपन्देहीको बुटवल भैरहवा सडक खण्डको मंगलापुरमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा शुक्रबार बाणगंगा नगरपालिका वडा नम्बर ९ का वर्ष २७ का रमेश खनालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा रोखिराखेको लु २ ख ५१३६ नम्बरको ट्रकसँग भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर लु १६ प ६८५ नम्बरको स्कुटर ठोक्किदा उक्त दुर्घटना भएको हो । शुक्रबार साँझ अन्दाजी ६ बजेको समयमा भएको उक्त दुर्घटना पश्चात घाइते भएका स्कुटर चालक खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतक युवकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएकोमा अहिले घटनाको अनुसान्धानका लागि इलाका प्रहरी कार्यालय वुटवलमा रहेको जनाइएको छ ।
ट्रक र ट्रक चालकसहित दुर्घटनाग्रस्त स्कुटर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि रुपन्देही प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया