

रुपन्देहीको मंगलापुरमा ट्रकसँग स्कुटर ठोक्किदा बाणगंगाका एक युवकको मृत्यु


कपिलवस्तु | रुपन्देहीको मंगलापुरमा सवारी दुर्घटनामा परि कपिलवस्तुको बाणगंगाका एक युवकको ज्यान गएको छ । रुपन्देहीको बुटवल भैरहवा सडक खण्डको मंगलापुरमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा शुक्रबार बाणगंगा नगरपालिका वडा नम्बर ९ का वर्ष २७ का रमेश खनालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा रोखिराखेको लु २ ख ५१३६ नम्बरको ट्रकसँग भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर लु १६ प ६८५ नम्बरको स्कुटर ठोक्किदा उक्त दुर्घटना भएको हो । शुक्रबार साँझ अन्दाजी ६ बजेको समयमा भएको उक्त दुर्घटना पश्चात घाइते भएका स्कुटर चालक खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतक युवकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएकोमा अहिले घटनाको अनुसान्धानका लागि इलाका प्रहरी कार्यालय वुटवलमा रहेको जनाइएको छ ।
ट्रक र ट्रक चालकसहित दुर्घटनाग्रस्त स्कुटर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि रुपन्देही प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया