

मार्बल र सिमेन्टले च्याप्दा ट्रकको पछाडि बसेका देवचन्द्रको मृत्यु



रूकुम पश्चिममा मार्बलले च्यापेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर घाइते छन्।
डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मार्बलले च्यापेर मृत्यु भएको हो। मार्बल बाँधेको डोरी चुँडिएपछि मार्बल र सिमेन्टले च्याप्दा ट्रकको पछाडि बसेका देवचन्द्रको टाउको र ढाडमा चोट पटक लागेको थियो।
देवचन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उनीसँगै ट्रकको पछाडि सवार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते छन्। उनको दायाँ हातमा घाउ चोट लागेको छ। रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
उनको रूकुम पश्चिमै उपचार जारी छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया