

रूपन्देहीमा एक जना नक्कली परीक्षार्थी पक्राउ


रूपन्देही | बिहीबारदेखि सुरू भएको एसइई परीक्षा अन्तर्गत रूपन्देहीमा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
भैरहवास्थित श्री रूपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आशिष बानियाँ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले संजय चौधरीको नाममा अंग्रेजी विषयको ग्रेडवृद्धिको परीक्षा दिन गएका बानियाँलाई निरीक्षणको क्रममा पक्राउ गरिएको जानकारी दिए।
चौधरी भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी हुन्।
उनको नाममा परीक्षा दिन आएका बानियाँ २०८० सालको एसइई परीक्षा उत्तीर्ण भई हाल कक्षा ११ मा तिलोत्तमास्थित शान्ति नमूना माविमा अध्ययन गरिरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।
पक्राउ परेका बानियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए। अन्य क्षेत्रमा भने बिहीबारको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरी उपरीक्षक राठौरले बताए।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया