

जयेन्दु बाल सुधारगृहमा बालबन्दीविच झडप, ६ भन्दा बढी बालबन्दी घाइते, ५० जना प्रहरी नियन्त्रणमा


बाँके | बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।
लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो ।
उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । ५० भन्दा बढीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसअघि बालसुधार गृहलाई नियन्त्रणमा लिएर माथि छतबाट प्रहरीमाथि बालबन्दीहरुले ढुंगा प्रहार गरेर भित्र पस्न दिएका थिएनन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरुले आगजनी गरेर केही क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरी बलपूर्वक भित्र पसेको र नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो ।
यसअघि शुक्रवार राति सो बाल सुधारगृहमा बालबन्दीबिचको झडपमा परेर ६ जना घाइते भएको उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा शुक्रवार राति झडप भएको खबर आएपछि ठुलो संख्यामा प्रहरी घटनास्थलमा पुगेको र प्रहरीले राति डेढ बजेतिर घाइतेको उद्धार गरेको एसपी कार्कीले बताउनुभयो ।
सो क्रममा केही बालबन्दी भागेको र उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । सो बाल सुधारगृहमा २५० बालबन्दी रहेका छन् । यहाँ धेरै गाडीबाट पटक–पटक झडप हुने गरेको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया