

क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक ,कप्तान रोहित र सन्दीप ‘ए’ ग्रेडमा


नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।
ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।
ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।
ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।
ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।

कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा



खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया