

रुपन्देहीमा ट्रकमा स्कुटर ठाेक्किदा कपिलवस्तुका एक जनाको मृत्यु


रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ संखरनगरस्थित भैरहवा- बुटवल सडकखण्डमा दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका- १ तौलिहवाका सिद्धार्थ चौधरीको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
उक्त सडकखण्डको सर्भिस लेण्डमा रोकिराखेको लु.प्र.००१ ख ०४६९ नं. को ट्रकमा मडिग्रामबाट बुटवल तर्फ जादै गरेको लु४९प २१७२ नं. को स्कुटर ठोक्किदा स्कुटर चालक चौधरीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका चौधरीलाई थप उपचारको लागी लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईको तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडी सवार तौलिहवाका २१ बर्षीय सचिन सर्मा सामान्य घाईते भएका छन् ।
प्रहरीले ट्रक, ट्रक चालक र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया