
कपिलवस्तु जेसिजको अध्यक्षमा जनकराज बेल्वासे निर्वाचित

कपिलवस्तु जेसिजको अध्यक्ष पदका लागि भएको चुनावमा जनकराज बेल्वासेले रोमाञ्चक जित दर्ता गरेका छन्। निकटतम प्रतिद्वन्द्वी झविन्द्र खनाललाई झिनो मतान्तरले पराजित गर्दै बेल्वासे जेसिज वर्ष २०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
आइतबार सम्पन्न मतदान प्रक्रियामा सुरुदेखि नै तीव्र प्रतिस्पर्धा देखिएको थियो। प्रारम्भिक मतगणनामा खनाल अगाडि देखिए पनि अन्तिम घडीमा बेल्वासेले बाजी मारेका हुन् ।
मतदान सम्पन्न भएसँगै दुवै प्रतिस्पर्धी पक्षले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका थिए। तर अन्तिम गणनामा बेल्वासे अगाडि निस्कँदै विजयी भएका हुन्।
निर्वाचित अध्यक्ष बेल्वासेले आफ्नो जितलाई सबै सदस्यहरूको जीत भन्दै कपिलवस्तु जेसिजलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले युवाहरूमाझ नेतृत्व विकासका अवसर सिर्जना गर्ने, सामाजिक कार्यहरूलाई प्रवर्द्धन गर्ने र संगठनलाई थप सबल बनाउने योजनाहरू अघि सारेका छन्।
निर्वाचित बेल्वासे नेको इन्सुरेन्सन जितपुर शाखाका प्रमुख समेत हुन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया