अन्तरविद्यालय एस. क्यू.सी. खजाना खोजी प्रतियोगितामा टि. एच. सि.-१ समूह प्रथम

राधा पाण्डे : विद्यार्थी गुणिय चक्र (SQC) को प्रवर्द्धनमा संलग्न क्वेस्ट नेपाल  लुम्बिनी हब र युनाइटेड स्टुडेन्ट्स एकेडेमीको संयुक्त आयोजनमा अन्तरविद्यालय एस.क्यु.सि. खजाना खोजी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित युनाइटेड स्टुडेन्ट्स एकेडेमीमा आयोजित कार्यक्रममा जिल्लाभरिका ८ विद्यालयका २४ विद्यार्थीहरूले सहभागिता जनाएका हुन् ।

८ समूहले ८०० अङ्कका ८ सामूहिक कार्यहरू (पजल, जेन्गा, ग्राफ विश्लेषण, ब्यालुनबाट शब्द खोजी लगायत) पूरा गरी सहकार्य र सृजनात्मकताको प्रदर्शन गरेका थिए ।
 प्रतिस्पर्ध्रीहरुले गुणस्तर, समय व्यवस्थापन  र सामुहिक भावनाको आधारमा प्रतिस्पर्धामा जोड दिए ।
कार्यक्रममा आरबिन खनाल (चिल्ड्रेन्स प्याराडाइज इंग्लिस बोर्डिङ स्कूल) आशिस चौधरी (बुद्ध शान्ति इंग्लिस बोर्डिङ स्कूल), मिलन बेलवासे (युनाइटेड स्टुडेन्टस् एकेडेमी ) समूह THC-1 प्रथम हुन सफल भएका छन् ।
यस्तै द्वितीय (५६० अङ्क) का साथ टोली THC-3 दिया अर्याल (चिल्ड्रेन्स प्याराडाइज इंग्लिस बोर्डिङ स्कूल),तन्नू ठाकुर (माउन्ट एभरेस्ट इंग्लिस एकेडेमी), नयन घिमिरे (ज्ञानपुञ्ज इंग्लिस बोर्डिङ स्कूल), तृतीयमा (५३० अङ्क): टोली THC-2अंशा बेलवासे (श्री अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालय), निर्मल पुन (भूपू सैनिक स्कूल)नवनीत पाण्डे (श्री सनलाइट इंग्लिस बोर्डिङ स्कूल)
सान्त्वना पुरस्कार (४८५ अङ्क): टोली THC-6 समिक्षा थारू (भूपू सैनिक स्कूल), अन्तिमा चौधरी (माउन्ट एभरेस्ट इंग्लिस एकेडेमी), अनुज भट्टराई (बुद्ध शान्ति इंग्लिस बोर्डिङ स्कूल) ले सफलता हासिल गरे ।

प्रमुख अतिथि प्याब्सन कपिलवस्तुका धिरेन्द्र विक्रम सिंहले यस्ता कार्यक्रम आयोजना गर्नाले विद्यार्थीको शैक्षिक विकास हुनुका साथै नेतृत्व क्षमताबाट उनिहरुलाई अगाडी बढ्न प्रेरित गर्ने बताउनु भयो । कार्यक्रमले विद्यार्थी गुणिय चक्रको (SQC) माध्यमबाट विद्यार्थीमा समग्र गुणस्तर व्यक्तित्व निर्माण गर्ने, व्यक्तिको व्यक्तिगत र पेशागत जीवनमा गुणस्तरको पूर्ण अभ्यासलाई सिकाउने अनि  निरन्तर सुधार, उत्कृष्टता र दायित्वबोधको अवधारणालाई अगाडी सारेको स्पष्ट पार्नुभयो ।
यस्तै युनाइटेड स्टुडेन्ट्स एकेडेमीका प्रधानाध्यापक कृष्ण केसी,  चिल्ड्रेन्स प्याराडाइज बोर्डिङ स्कूलका प्रधानाध्यापक केशव सापकोटा, श्री सनलाइट इंग्लिस बोर्डिङका एस.एन. त्रिपाठी लगायत विभिन्न विद्यालयका शिक्षक अनि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।विजेताहरूलाई ट्रफी र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

आयोजक विद्यालयका विद्यार्थीहरूले नेपाली संस्कृति समेटिने नृत्य प्रस्तुत गरेका थिए । क्वेस्ट नेपाल लुम्बिनी हब कोअर्डिनेटर मदन मल्लको अध्यक्षता रहेको कार्यक्रमको संचालन स्टुडेन्ट्स एकेडेमीका एस. क्यु. सि. विद्यार्थी निमेष पन्थीले गर्नुका साथै व्यवस्थापनमा नबिन गिरी, आसिम पाण्डे, र किर्तन कार्कीले प्रशंसनीय भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताले विद्यार्थीमा सहकार्य, नेतृत्व, र गुणस्तरको संस्कार बलियो बनाउने QUEST-नेपालको प्रतिबद्धता प्रमाणित भएको देखिन्छ ।

प्रतिक्रिया

खबर सबै